काठमाडौं, १० कात्तिक । प्रधानसेनापति राजेन्द्र क्षेत्री र अमेरिकी राजदूत एलिना बी टेपलिजबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति क्षेत्रीसँग काठमाडौस्थित अमेरिकी राजदूतावासका राजदूत टेपलिजले भेटवार्ता गर्नु भएको हो ।
उक्त भेटघाटका क्रममा प्रधान सेनापति क्षेत्री र अमेरिकी राजदूतबीच द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।















प्रतिक्रिया