१२ कार्तिक २०८३, बिहिबार

युवा सङ्घद्धारा चार सदस्यीय छानबिन समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahadi-1काठमाडौँ, १० कात्तिक । सांसद राज्यलक्ष्मी गोल्छाले दिएको अभिव्यक्तिअनुसार युवा सङ्घ नेपालले आफ्ना नेता तथा कार्यकर्तामाथि छानबिन गर्न सङ्घका उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

सङ्घको आज बसेको स्थायी समितिको बैठकले समिति गठन गरी १५ दिनभित्र सत्यतथ्य, खोज अनुसन्धान गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको छ ।

नेकपा (एमाले)का तर्फबाट सांसद बन्नुभएकी गोल्छाले प्रधानमन्त्री निर्वाचनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई मतदान नगरेपछि पार्टीले स्पष्टीकरण लिएकामा पछिल्लो समयमा गोल्छाले पार्टीका केन्द्रीय नेता तथा युवा सङ्घका नेता र कार्यकर्तालाई करोडौँ रुपैयाँ चन्दा दिएको अभिव्यक्ति दिनुभएको छ ।

यहाँ आज आयोजित पत्रकारसम्मेलनमा सङ्घका अध्यक्ष राजीव पहारीले अनुसन्धानपश्चात् सङ्घका नेता तथा कार्यकर्ता दोषी पाइएमा उनीहरुलाई कारबाही गरिने बताउनुभयो ।

उहाँले विश्व प्रजातान्त्रिक युवा सङ्घको महासम्मेलनमा सङ्घले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

राष्ट्रिय स्वाधीनताका पक्षमा सङ्घले सुरु गरेको हस्ताक्षर अभियानबाट प्राप्त भएको हस्ताक्षरलाई यही कात्तिक १६ गते प्रधानमन्त्रीलाई बुझाउने निर्णय भएको छ । अहिलेसम्म चार लाख हस्ताक्षर सङ्कलन भएको बताइएको छ । रासस