काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार कुल बहादुर गुरुङले राष्ट्रपति पदका लागि व्यवस्थापिका संसदमा मनोनयन दर्ता गराउनुभएको छ ।
राष्ट्रपति पदका लागि तोकिएको समयभित्र उम्मेदवार गुरुङले मनोनयन दर्ता गराउनुभएको हो । गुरुङको प्रस्तावकमा कांग्रेसका महामन्त्री प्रकाशमान सिंह रहनुभएको छ भने समथर्कमा कृष्णप्रसाद सिटौला रहनुभएको छ ।
उम्मेदवारी दर्ता गराइसकेपछि उम्मेदवार गुरुङले लोकतन्त्र प्रजातन्त्रका लागि आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताउनुभयो । साथै उहाँले आफूलाई सबै दलका साथीहरुले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।





















प्रतिक्रिया