काठमाडौं । नायक जीवन लुँइटेललाई नेपाली फिल्म क्षेत्रमा चकलेटी नायकका रुपमा चिनिन्छ। सोझा र इमान्दार अनि बौद्धिक शैलीका यी नायकले कसैको हत्या गरेको कुरा सुन्दा आम दर्शकलाई आश्चर्य र अचम्म लाग्छ। यिनै नायकलाई अहिले हत्याको आरोप लागेको छ, तर त्यो आरोप वास्तविक नभई फिल्म ‘शीशा’मा लागेको आरोप हो।
आरबीके शरदले निर्देशन गरेको फिल्मले नेपाल तथा सिक्किमको प्रेमकथालाई प्रस्तुत गरेको छ। फिल्ममा जीवनका अलावा उमा बेबी, रागिनी खड्गी, निर्मल सेन्चुरीलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा भारतीय फूटबल खेलाडी भाइचुङ भुटियाको विशेष भूमिका रहेको छ। कृष्ण आचार्यको लेखन, लक्की सिटौला र मनोज सिंहको संगीत, नवराज सिलवाल र आरबीके शरदको शब्द, कमल राईको नृत्य र अस्ट महर्जनको द्वन्द्व रहेको छ। निर्देशक शरदका अनुसार फिल्मले मानिसको जीवन शीशा जस्तै भएकाले कुनै गल्ती नगरी जीवन सुन्दर तरिकाबाट जिउने सन्देश दिएको छ।














प्रतिक्रिया