२८ आश्विन २०८३, बुधबार

दीपाश्री भन्छिन् ‘मलाई छोरी मनपर्छ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepa-shree-niraula

काठमाडौं । चर्चित हाँस्य टेलिश्रृङ्खला ‘तितो सत्य’मा अभिनय गर्ने कलाकार कविता शर्माले सोमबार आफ्नो फेसबुकमा श्रृङ्खलाकी निर्मात्री तथा प्रमुख कलाकार दीपाश्री निरौलाले बच्चा खेलाउँदै गरेको तस्वीर राखेर प्रश्न गरिन्,‘आखिर किन दीपा बच्चासँग रमाउँछिन् ?’

हामीले यही प्रश्न दीपालाई गर्दा उनले सहज उत्तर दिईन्,‘किनकी बच्चाको मन सच्चा हुन्छ।’ दीपा अहिलेसम्म अविवाहित नै छिन् र ‘अब’ बिहे गर्ने बताउने दीपा बच्चाको मधुर मुस्कान अनि उसको कलिला हातले आफुलाई छुँदा निकै रमाइलो लाग्ने बताउँछिन्। घरमा रहँदा बहिनीको बच्चासँग दीपा रमाउँदी रहिछन्।

विवाह पछिको पहिलो सन्तान छोरी नै होस् भन्ने दीपाको चाहना छ। ‘छोरीले छोराको तुलनामा आमाबुवालाई धेरै माया गर्छन् र स्याहारसुसार पनि गर्छन्,’दीपाश्रीले हाँस्दै भनिन्,‘त्यसकारणले पनि मलाई छोरी नै मनपर्छ।’