११ कार्तिक २०८३, बुधबार

मोदीबिरुद्ध सडकमा ओर्लिए पूर्वका नेपाली जनता (फाटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morang-modi-putla (1)

– सुमन घिमिरे
मोरङ, १२ असोज । भारतले अघोषित नाकाबन्दी गरी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै मोरङको उर्लाबारी– ६ मंगलबारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।

स्थानीय युवा, विद्यार्थी तथा स्थानयबासीको सहभागितामा आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका हुन् । उनीहरुले भारतीय फिल्मका क्यासेट समेत जलाएका छन् । ‘ब्याक अफ इन्डिया’, ‘अघोषित नाकाबन्दी फिर्ता गर’, ‘भारतीय हस्तक्षेप मुर्दाबाद’ जस्ता चर्को नाराबाजी समेत गरेका छन् ।

उनीहरुले नेपालको संविधान र आन्तरिक मामिला समाधान गर्न नेपालीहरु आफै सक्षम रहेको बताउँदै भारतीय हस्तक्षेप नेपालीहरुलाई स्वीकार्य नभएको बताउदै हस्तक्षेप तुरुन्त बन्द गर्न आग्रह गरेका थिए । थापाचौकबाट शुरु भएको नाराबाजी सहितको ¥याली मंगलबारे चोकमा पुगेर कोणसभाको रुपमा परिणत भएको थियो ।

Morang-modi-putla (2) Morang-modi-putla (3) Morang-modi-putla (4) Morang-modi-putla (5)