११ कार्तिक २०८३, बुधबार

भोलीदेखि देशभर हिन्दी टिभी च्यानल बन्द हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian_channels_are_banned_in_Nepal__37840काठमाडौं, ११ असोज । भारतीय हस्तक्षेपको विरोध गर्दै भोलीदेखि देशभर हिन्दी च्यानल बन्द गरिने भएको छ ।

सोमबार राजधानीमा बसेको नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसशोसिएसनको बैठकले देशभर भारतीय टीभी च्यानलहरु बन्द गर्ने निर्णय गरेका हो ।

भारतीय च्यानल बन्द गर्न केबल टेलिभिजन सञ्चालकहरु समेत एकजुट भएका छन् ।

भारतले नेपालमा एक सातादेखि अघोषित नाकाबन्दी र हस्तक्षेप गरेपछि मंगलबार १० बजेबाट देशभर हिन्दी च्यानलहरु बन्द गर्ने निर्णयमा पुगेको केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले बताए ।

उनका अनुसार यसअघि चितवन, कास्र्की र कञ्चनपुरमा भारतीय च्यानल पूर्ण रुपमा बन्द भइसकेको छ । विप्लव माओवादीले पनि यसअघि हिन्दी च्यानलहरु र विज्ञापन बन्द गराउने जनाएको थियो ।