११ कार्तिक २०८३, बुधबार

लागुऔषध दुर्व्यसनीमा युवा पुस्ता धेरै: आइजिपी अर्याल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

igp-upandra-kantaकाठमाडौँ, ११ असोज । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले लागुऔषध दुव्र्यसनीमा युवा पुस्ता धेरै फस्ने गरेको बताउनुभएको छ ।

नेपाल प्रहरी श्रीमती सङ्घको सक्रियतामा सञ्चालित आसरा सुधार केन्द्रको १९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले सुधार केन्द्रले गरेका कामको पुनरावलोकन गर्दै वैज्ञानिक पद्धतिअनुसार संस्था सञ्चालन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

केन्द्रका अध्यक्ष रोशी अर्यालले लागुऔषध दुव्र्यसन परिवारका सदस्य र साथीभाइबाट हुने गरेको भन्दै यसलाई रोक्न केन्द्र दृढताका साथ लाग्ने बताउनुभयो ।

केन्द्रका सचिव रम्भा लामाले केन्द्रको आर्थिक स्रोत, सदस्य सङ्ख्या, केन्द्रमा भर्ना भएका सङ्ख्या, केन्द्रमा उपचाररत सङ्ख्या, लागुऔषध प्रयोगकर्ताको अनुगमन विधिसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सो अवसरमा महानिरीक्षक अर्यालले केन्द्रमा कार्यरत १२ प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । रासस