११ कार्तिक २०८३, बुधबार

गौशालामा बोल्न नसक्ने बालिकाको बलात्कार गरी हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

गौशाला, ११ असोज । महोत्तरीको गौशाला क्षेत्रको एकरहिया गाविसमा आज बिहान बलात्कार गरी हत्या गरिएको अवस्थामा एक बालिकाको मृत शरीर फेला परेको छ ।

नाम, थर र ठेगाना नखुलेका अन्दाजी वर्ष ११ की बोल्नसमेत नसक्ने ती बालिकाको शव एकरहिया– ३ स्थित भिक्सको रुखको बगैँचामा बलात्कारपछि मारिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सो गाउँमा मागी खाने गरेकी ती बालिकालाई सामूहिक रुपमा बलात्कार गरिएको आशङ्का प्रहरीले गरेको छ ।

प्रहरी निरीक्षक नरेश महतोका अनुसार बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस