२८ आश्विन २०८३, बुधबार

लमजुङ उद्योग वाणिज्य संघमा श्रेष्ठ विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Kumar-Shrestha_Lamjungलमजुङ, ८ असार । लमजुङ उद्योग बाणिज्य संघको अध्यक्षमा रामकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

लोकतान्त्रिक समूहका पूर्णलाल श्रेष्ठलाई ९ मतले पराजित गर्दै उहाँ अध्यक्ष निर्वाचित हुनु भएको हो । होटल, बैकिङसहित विभिन्न व्यवसायमा संलग्न श्रेष्ठ उद्योग वाणिज्य संघमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । यसअघि पनि उहाँले विभिन्न जिम्मेवारी बहन गरिसक्नुभएको थियो ।

मतपरिणाम अनुसार बामपन्थी समूहले अध्यक्षसहित एक सदस्य पद जितेको छ । लोकतान्त्रिक समूहले तीन उपाध्यक्ष, दुर्इ महिला सदस्य र दुई जना सदस्य जितेको छ ।

यसअघि सम्पन्न ८ वटा इकाइको अधिवेशनमा बामपन्थी समूहले एक र बाँकी ७ इकाइमा लोकतान्त्रिक समूहले अध्यक्षसहित बहुमत जितेको थियो ।

इकाइको अध्यक्ष संघको पदेन सदस्य हुने प्रावधान छ । अब दुई सदस्य कार्य समितिको सल्लाहमा अध्यक्षले मनोनित गर्न पाउने र दुई जना सदस्य एशोसियटबाट चयन हुने छन् ।

शनिबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार विजयी उमेदवारहरुको मत निम्नानुसार छ:

अध्यक्षः रामकुमार श्रेष्ठ (५४३) ब्यवसायीक समूह- विजयी
पूर्णलाल श्रेष्ठ: (५३४) लोकतान्त्रिक समूह-पराजित

प्रथम उपाध्यक्षः राजेश थापा – (५७४) लोकतान्त्रिक समूह
द्धितीय उपाध्यक्ष: मृगेन्द्र घिमिरे (५८९) लोकतान्त्रिक समूह
तृतीय उपाध्यक्षः गुणराज सिलवाल(५७५) लोकतान्त्रिक समूह

महिला सदस्यः

सकुन्तला गुरुङ (५७५) लोकतान्त्रिक समूह
शान्ति श्रेष्ठ (५८१) लोकतान्त्रिक समूह

सदस्यहरुः

कृष्णलाल प्रधान (५९८) लोकतान्त्रिक समूह

गणेश कँडेल (५५०) लोकतान्त्रिक समूह

प्रवीण कायस्थ (५५९) ब्यवसायिक समूह