काठमाडौं, ३० भदौ । नेपालको संधिवानको परिमार्जित विधेयक २०७२ लाई संविधानसभाले पारित गरी संविधानको अङ्ग बनाएको छ ।
आइतबारदेखि सुरु भएको संविधानसभा बैठकले चार दिन लगाएर परिमार्जित विधेयकको तीन सय २ वटा धारालाई ध्वनीमतले पारित गरेको हो ।
पारित भएका धाराहरु योसँगै अब नेपालको संविधानको अङ्ग बनेका छन् । संविधानसभाले अब नेपालको संविधानको २०७२ को परिमार्जित विधेयकलाई एकमुष्ट पारित गर्नेछ ।
नयाँ संविधानलाई असोज ३ गते अरान्ह पाँच बजे संविधानसभा भवनमा विशेष कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी भएको छ ।
राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधानलाई विशेष कार्यक्रमकाबीच सार्वजनिक गर्नु हुनेछ ।
नेपालको परिमार्जित तीन सय दुई वटा धारा संविधानसभाले पारित गरेको छ ।
यसैबीच, राष्ट्रिय जनमोर्चाले नेपालको संघीय संरचना हटाउन गरेको संशोधन प्रस्तावलाई संविधानसभाले अस्वीकृत भएको छ । जनमोर्चाले नेपालमा संघीयता आवश्यक छैन भनेर संशोधन राखेको थियो ।
अहिले पनि जारी बैठकमा संविधानको परिमार्जित विधेयकको प्रस्तावनामा रहेको संशोधन र अन्य संशोधन प्रस्तावहरुमा मतदान भइरहेको छ ।












प्रतिक्रिया