२१ कार्तिक २०८३, शनिबार

कार्यकर्तालाई एमालेले भन्यो- घर, कार्यालय र सार्वजनिक स्थलमा दिपावली गर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-central-office-1काठमाडौं, ३० भदौ । नेकपा एमालेले संविधान जारी हुने दिन आ–आफ्ना घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा दिपावली गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले बुधबार एक विज्ञप्ती जारी गर्दै संविधानको घोषणामार्फत नेपाली जनताको विजयको सन्देश प्रवाह गर्न आगामी असोज ३ गते साँझ आ–आफ्ना घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा दिपावली गर्न पार्टीका सबै कमिटी, जनसंगठन तथा सदस्यहरुलाई निर्देशन दिनुभएको हो ।

उहाँले आम जनसमुदायलाई पनि संविधान घोषणाको दिन विजयउत्सव र दिपावली मनाउन आव्हान गर्नुभएको छ ।

यस्तो छ नेकपा एमालेको निर्देशन तथा आव्हान :

प्रेस वक्तव्य

हाम्रो पार्टी नेकपा (एमाले) सम्पूर्ण देशवासीलाई सगौरव जानकारी गराउन चाहन्छ – आगामी असोज ३ गते मुलुकले नयाँ संविधान पाउने निश्चित भएको छ । यसको अन्तिम तयारी कार्य चलिरहेको छ । नयाँ संविधान जारी हुने दिन एउटा सामान्य दिन मात्रै होइन । नेपालको आधुनिक राजनीतिक इतिहासका तमाम अधुरा कार्यभारहरुको फछ्र्यौट गरेर मुलुकलाई समृद्धिको नयाँ दिशामा अघि बढाउने असाध्यै दूरगामी महत्वको दिन पनि हो । हाम्रो पार्टी संविधान जारी हुने दिनलाई मुलुकको समग्र जीवनकै एउटा सफल दिनका रुपमा स्थापित गरेर नयाँ संविधानको स्वागत गर्न चाहन्छ । त्यसनिम्ति सिंगो पार्टीपंक्ति र आम जनसमुदायले यस दिनलाई विशेष दिनका रुपमा मनाउन आवश्यक छ । विगत संघर्षका उपलब्धिहरुलाई संस्थागत गरिएको जनताको विजयको दिन र समाजवाद स्थापनाको दिशामा अघि बढ्ने राष्ट्रिय संकल्पको प्रस्थानबिन्दुका रुपमा यस दिनलाई लिन पनि आह्वान गर्दछ ।

संविधानको घोषणा तमाम शोषित पीडित जनता, मजदूर तथा पेशाकर्मी, किसान, उद्यमी–व्यवसायी, बुद्धिजीवी, महिला, युवा, विद्यार्थी, विभिन्न जात–जाति, दलित, उत्पीडित, मधेसी, मुस्लिम, थारु तथा सम्पूर्ण अल्पसंख्यक समुदायलगायत विभिन्न धर्म र संस्कृतिमा आस्था राख्ने आम नेपालीहरुको ऐतिहासिक विजयको घोषणा हो । यस बिन्दुसम्म आइपुग्न भूमिका निर्वाह गर्ने प्रमुख राजनीतिक दलका नेताहरु, संविधान सभाका अध्यक्षसहित सबै माननीय सदस्यहरु र सम्बद्ध सबैलाई पार्टी हार्दिक धन्यवाद दिन चाहन्छ ।

राष्ट्रिय एकता र उल्लासको महत्वपूर्ण दिन भएकाले संविधानको घोषणामार्फत नेपाली जनताको विजयको सन्देश प्रवाह गर्न नेकपा (एमाले) आगामी असोज ३ गते साँझ आ–आफ्ना घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा दिपावली गर्न पार्टीका सबै कमिटी, जनसंगठन तथा सदस्यहरु र आम जनसमुदायलाई आव्हान गर्दछ । असोज ४ गते विभिन्न संघ–संस्था, पार्टी र नागरिक समाजसँग सहकार्य गरी संयुक्त रुपमा जुलुस, ¥याली, छलफल, अन्तक्र्रिया र गोष्ठीजस्ता स्थानीय विशिष्ठता अनुरुपका रचनात्मक कार्यक्रम आयोजना गर्न सबै स्वदेश तथा प्रवासमा क्रियाशील संगठनहरुलाई निर्देशित गर्दछ ।

यस दिनलाई हर्ष, उल्लास र विशेष उत्सवका रुपमा मनाउन विश्वभरि छरिएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ । साथै, राजधानी काठमाडौंलगायत देशका सबै भू–भागहरुमा क्रियाशील राजनीतिक दलहरु, संघ–संगठनहरु, सरकारी संयन्त्रहरु र आम नागरिकहरुलाई समेत सहभागी गराई सार्वजनिक कार्यक्रम आयोजना गर्न नेपाल सरकारको ध्यनाकर्षण गर्दछ ।

नयाँ संविधानमा समाजका कतिपय पक्षले आफ्ना जायज माग र सरोकारहरु नसमिटिएको भनी असन्तोषसमेत प्रकट गरिरहेका छन् । तथापि हामीले अधिकतम सहमतिमा संविधान जारी गर्ने अग्रसरता लिएका छौं । व्यवहारको कसीमा उत्रिदाँ अधुरा र अपुरा लाग्ने कतिपय विषयलाई वार्ता, संवाद र सहमति गरी संशोधनको वैधानिक माध्यमबाट पनि सुधार गर्न सकिनेछ । तसर्थः संविधान निर्माणको प्रक्रियाबाट बाहिरिएका पक्षहरुलाई संविधान घोषणाको अन्तिम क्षणसम्म पनि जारी प्रक्रियामा आफ्नो संलग्नता जनाउन पार्टी हार्दिक आव्हान गर्दछ । र, सबैखाले गुनासा र असन्तोषहरु स्थगन गरी नयाँ संविधानको पक्षमा स्वागत र दिपावलीमा जुट्न सम्बद्ध सबै पक्षसँग पार्टी पुनः आग्रह गर्दछ ।

ईश्वर पोखरेल
महासचिव