
– विवेक विश्वकर्मा
भैरहवा, २९ भदौ । रुपन्देहीको भैरहवा–लुम्विनी सडकखण्डको वेथरीमा स्थानिय र प्रहरीबीच झडप हुदा ४ वर्षीय एक बालकको मृत्यु भएको छ भने, ७ जना घाईते भएका छन् ।
प्रहरीको गोली लागी स्थानिय ४ वर्षीय वालक चन्दन कुमार पटेलको मृत्यु भएको हो । स्थानिय प्रर्दशनकारी र सुरक्षाकर्मी विचको झडपमा मैनीहवाका ६० वर्षीय पुर्णपासी धोवी, हाटी वनगाई १ की ५० वर्षीय सौगाती मुराऊ, सोहीठाउकी ३० वर्षीय सुरसती मुराउ, वेथरीका २५ वर्षीय दीपेन्द्र साहनी लगायत सातजना घाईते भएका छन् । उनीहरुको युनी भर्सल शिक्षण अस्पताल भैरहवा उपचार जारी रहेको छ ।
सुरक्षाकर्मीद्धारा लुम्विनी औद्योगीक कोरीडोरका मालवहाक सवारी साधनलाई स्कटीङ गरी भैरहवातर्फ ल्याउनेक्रममा बेथरीमा एक ट्रकले स्थानिय महिला नन्दनी पाण्डेलाई ठक्कर दिएपछि स्थानियवासी र सुरक्षाकर्मीबीच झडप हुनपुगेको थियो । ट्रकले ठक्कर दिएकी महिला नन्दनीको अवस्था चिन्ताजनक रहेको छ । उनको टाउको, छातीमो गहिरो चोट लागेको छ । उनको अवस्था चिन्ता जनक रहेको छ ।
ठक्कर दिने र स्कटीमा रहेका मालवहाक गाडीमाथि ढुंगा मुडाका साथै बोतलमा पेट्रोल जलाएर फाली आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीले स्थितीलाई नियन्त्रणमा लिनेक्रममा गोली चलाउनु परेको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए ।
सुरक्षाकर्मीले दर्जनौ अश्रुर ग्यास र हवाई फाएर गरेको छन् । घटनास्थल भैरहवा सदरमुकामदेखि ५ किलोमिटर पश्चिम लुम्विनी रोडमा पर्दछ । घटनालाई नियन्त्रणमा लिन भैरहवा तथा बुटवलबाट ठूलो संख्याका सुरक्षाकर्मीहरु घटनास्थल वेथरीमा पुगेको थियो ।
जिल्ला सुरक्षा समितिले भैरहवा क्षेत्रमा ५ दिन निषेधाज्ञा थप गरी लम्ब्याएको छ । यसअघि सोही ठाउँमा तीन जनाको मृत्यु भएको थियो ।
















प्रतिक्रिया