२१ कार्तिक २०८३, शनिबार

ओलीका ‘विशेष दूत’ दिल्ली प्रस्थान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli Delivers Remarksकाठमाडौँ, २९ भदौ । नयाँ संविधान जारी हुने पूर्व सन्ध्यामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रतिनिधिका रुपमा पार्टीका सचिव तथा केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवाली आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

उहाँले संविधान निर्माणको जारीे प्रक्रियामा भारतीय नेतृत्व, सरकार र जनताको सद्भाव अभिवृद्धि गर्न योे भ्रमण गर्न लाग्नुभएको एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाएको छ । ज्ञवालीसँगै एमाले अन्तरराष्ट्रिय विभागका युवराजन बास्कोटा पनि भारत प्रस्थान गरेका छन्  ।

नेता ज्ञवाली आगामी असोज १ गते स्वदेश फर्कनुहुनेछ । असोज ३ गते संविधान जारी हुने मिति तय भएको छ । रासस