२१ कार्तिक २०८३, शनिबार

मधेसी नेतालाई लालबाबुले भने- संविधानसभा हुँदाहुँदै सडकमा जानु ठूलो गल्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lalbabu-pandit

काठमाडौँ, २९ भदौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सडकमा आन्दोलन गर्नुको सट्टा संविधानसभाबाट समाधान खोज्न आन्दोलनरत दललाई आग्रह गर्नुभएको छ ।

वामपन्थी नेता प्रभुनारायण चौधरीको छैटौँ स्मृतिमा आज यहाँ आयोजित समारोहमा मन्त्री पण्डितले संविधानसभा हुँदाहुँदै सडकबाट संविधान जारी हुन नसक्ने बताउनुभयो ।

नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले वर्तमान संविधानसभाले जनताको चाहनाअनुरुपको संविधान दिन सक्दैन भन्दै नयाँ ढङ्गबाट आन्दोलनलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीले वर्तमान संविधानसभाले आदिवासी जनजाति, महिला, दलित, मधेसी र मुसलमान युगौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकारलाई बेवास्ता गरेको आरोप लगाउनुभयो । रासस