२१ कार्तिक २०८३, शनिबार

तमलोपा सहमहामन्त्री जितेन्द्र सोनल पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jitendra-sonalकाठमाडौं, २९ भदौ । मधेसमा आन्दोलनको नेतृत्व गरिरहेका तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का सहमहामन्त्री जितेन्द्र सोनललाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको वीरगज-पथलैया करिडोरको लिपनी- ८ मा रहेको कवरा दाल उद्योगमा तोडफोड तथा आगजनी गरेको भन्दै मंगलबार प्रहरीले सोनलसहित तमलोपाका केन्द्रीय सदस्य नवलकिशोर सिंहलाई पनि पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम ढकालले कपडा पसलमा आगजनी गरेर अर्को स्थानमा तोडफोड गर्न हिडेको अवस्थामा सोनललाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

सोनल र सिंहलाई अहिले इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ ।