काठमाडौं, २९ भदौ । संविधानसभाको सचिवालयले आज सबै सभासदहरूलाई पेटभरि दर खुवाएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरभित्र सचिवालयले दर खुवाएको हो । हिन्दू महिलाहरूको महान चाढ हरितालिका अर्थात तीजको पूर्वसन्धायामा मनाइने दर खाने पर्वका अवसरमा सचिवालयको खर्चमा सभासदहरूलाई दर खुवाइएको कांग्रेस सभासद अनिता देवकोटाले जानकारी दिनुभयो ।
तीजका अवसरमा पर्वको महत्वलाई बुझेर सचिवालयले दर खुवाएको हुन सक्ने उहाँले बताउनुभयो ।
दरका रुपमा सचिवालय खिर, मिठाइ, पुरी, अचार, तरकारीलगायतका परिकार खुवाइएको थियो ।
करिब साढे बजेदेखि सुरु भएको संविधानसभा बैठक साढे एक बजे केही समयका लागि स्थगित भएको थियो । सोही समयमा सचिवालय आफ्ना सबै सभासदहरूलाई दर खुवाएको हो ।
दर खाइसकेपछि छोटो समयका लागि एमाले उपाध्यक्ष एवम् सभासद विद्यादेवी भण्डारी र सभासद सुशीला नेपालको गीतमा महिला सभासदहरू छमछमी नाँचेका थिए । ‘संविधान बनाउन साथी हो’ बोलको गीतमा सभासदहरू नाँचेका थिए ।
उपाध्यक्ष भण्डारी र छमछमी नाँच्ने समूहमा सभासदहरू अञ्जनी श्रेष्ठ, कान्ति भट्टराईलगायत दर्जन महिला सभासद रहेका थिए ।
दर पुरुष सभासदले पनि पेटभरि खाएका थिए । दर खाएर बाहिर आएका पुरुष सभासदले तीजका अवसरमा दर खानपाएकोमा खुसी व्यक्त गरेका हुन् ।













प्रतिक्रिया