२१ कार्तिक २०८३, शनिबार

बालकोटमा अध्यक्ष ओली र गृहमन्त्री गौतमबीच भेटवार्ता, सुरक्षा व्यवस्था कडा पार्न आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev Gautam & K P Oliभक्तपुर, २९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान मन्त्री तथा गृहमन्त्री वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

आज बिहान ओली निवास बालकोटमा भएको भेटवार्तामा वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । आगामी असोज ३ गते संविधान जारी गर्ने तयारी भएकाले विभिन्न पक्षबाट हुनसक्ने अवरोध र सुरक्षा चुनौतीबारेमा छलफल भएको ओली निवास स्रोतले बताएको छ ।

संविधान जारी गर्नुअघि र संविधान जारी गरेपछि देशको शान्ति व्यवस्थालाई मजबुत बनाउनेबारेमा ओली र गौतमबीच छलफल भएको बताइएको छ । रासस