२१ कार्तिक २०८३, शनिबार

सुरुङ्गा प्रहरी चौकीमा बम विष्फोट, सहायक निरीक्षक घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

झापा, २९ भदौ । झापाको सुरुङ्गा प्रहरी चौकीमा आज बिहान अपरिचित समूहले बम विष्फोट गराएको छ ।

बिहान सात बजेर ४० मिनटमा अपरिचित समूहले बम विष्फोट गराएर भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बम विष्फोट गराउने समूहको खोजी कार्य तथा अनुसन्धान जारी रहेको छ ।

विष्फोटको कारण प्रहरी सहायक निरीक्षक देवनारायण यादवसहित दुई जना सामान्य घाइते भएका छन् ।

घाइते प्रहरीहरूको वितामोडस्थित बि एण्ड सी हस्पिटलमा उपचार भइरहेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक भीम दाहालले जानकारी दिनुभयो ।

दाहालले घटनाको सम्बन्धमा अनुसन्धान सुरु भइसकेको र थप विवरणबारे पछि जानकारी दिने बताउनुभयो ।