२१ कार्तिक २०८३, शनिबार

संविधानसभाको बैठक बस्दै, संविधानका बाँकी धारा पेश हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhan-Sava-Caकाठमाडौं, २९ भदौ । संविधानसभाको बैठकमा आज पनि संविधानको परिमार्जित विधेयकका धारा मतदानका लागि पेश हुने भएका छन् ।

दश बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संविधानसभाको बैठकमा विभिन्न दल र सभासदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरूपनि पेश हुनेछन् ।

यसअघि आइतबार र सोमबार दुई दिनमा संविधानका ५७ वटा धारा निर्णयार्थ पेश भइ पारित भएका छन् । आज बाँकी धारा र संशोधन प्रस्ताव पेश हुनेछन् ।