२१ कार्तिक २०८३, शनिबार

संविधान घोषणाको निम्तो दिन हिडेका सभामुख नेम्वाङलाई राष्ट्रपतिले किन समय दिएनन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RAMBARAN-YADAV-AND-Subash-Nemwangकाठमाडौं, २८ भदौ । आगामी असोज ३ गते संविधान जारी मिति निश्चित भएपछि घोषणाका लागि राष्ट्रपति डा रामवरण यादवलाई निम्ता दिन हिडेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले भट्ने समय सोमबार पाएनन् ।

सोमबार साँझ ७ बजे निम्ता दिने तरखरमा रहेका सभामुख नेम्वाङलाई राष्ट्रपतिले भेट्नका लागि समय नदिएका हुन् । संविधान घोषणाको विषयमा निम्तो दिन शीतलनिवास जान चाहेका सभाध्यक्षलाई राष्ट्रपतिले समय नदिएको स्रोतले बतायो ।

८ वर्षदेखि बस्दै आएको राजमहल संविधान बनेपछि छाड्नुपर्ने स्थिती देखिएपछि राष्ट्रपति यादव अहिले चिन्तित रहेको स्रोतले जनायो । त्यही विषयले राष्ट्रपतिले सभामुख नेम्वाङलाई भेट्न नचाहेको बुझिएको छ ।

सोमबार भेट्न समय नदिएपनि मंगलबार विहान सभामुख नेम्वाङले जसरी पनि राष्ट्रपतिलाई भेट्ने र संविधान घोषणाको निम्तो दिने संविधानसभा सचिवालयले जनाएको छ ।