२१ कार्तिक २०८३, शनिबार

कांग्रेसको चेतावनीपछि अमरेशकुमार पनि संविधानसभामा फर्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amresh-Kumarकाठमाडौं, २८ भदौ । आइतबारको मतदान प्रक्रिया बहिष्कार गरेका सत्तारुढ नेपाली कांग्रेसका पाँच वटै सभासद संविधानसभामा फर्किएका छन् ।

कांग्रेसले पार्टीको निर्देशन विपरित गए कडा कारवाही गर्ने चेतावनी दिएपछि असन्तुष्ट पाँचै सभासदले सोमबार संविधानसभा फर्किएर मतदान प्रक्रियामा भाग लिएका छन् । कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले असन्तुष्ट पाँचै सभासद संविधानसभामा फर्किएको जानकारी दिनुभयो ।

यसअघि मधेस आन्दोलनका माग सम्बोधन नगरिएको भन्दै मधेसबाट निर्वाचित कांग्रेसका सभासद अमरेशकुमार सिंह, राम अयोध्या यादव, दिनेश यादव, तेजुलाल चौधरी र सुरेन्द्र चौधरीले आइतबारको मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

पार्टीको चेतावनीपछि सोमबार साँझ सोमबार साँझ सुरेन्द्र चौधरी र अमरेशकुमार सिंह संविधानसभामा फर्किए । राम अयोध्या यादव, तेजुलाल चौधरी र दिनेश प्रसौला यसअघि नै फर्किएका थिए ।