काठमाडौँ, २८ भदौ । नयाँ संविधानमा मृत्युदण्डसम्बन्धी व्यवस्था अस्वीकृत भएको छ । नेपाल मजदुर किसान पार्टीकी सभासद् अनुराधा थापाले पेश गरेको मृत्युदण्डको व्यवस्थासम्बन्धी संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।
सोमबारको संविधानसभा बैठकले उनको संशोधन प्रस्तावलार्इ दुर्इतिहार्इ बहुमतले अस्वीकृत गरेपछि अब नयाँ संविधानमा मृत्युदण्डको व्यवस्था नहुने निश्चित भएको छ ।
सभासद् थापाले देशको हितविरुद्ध सन्धि तथा सम्झौताहरु गर्ने, मानव हत्या, आगजनी र मानवताविरोधी गम्भीर अपराधमा संलग्नलार्इ मृत्युदण्डको व्यवस्था गर्न माग गर्दै संशोधन प्रस्ताव पेश गरेकी थिइन् ।
‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ को धारा १६ को उपधारा १ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरिएको छ । यसैगरी, सोही धाराको उपधारा २ मा कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन भन्न उल्लेख गरिएको छ ।













प्रतिक्रिया