२१ कार्तिक २०८३, शनिबार

मोबाइल चार्ज गर्दा ब्याट्री पडकिएर दुई बालकको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mobile-charge-Bisfotकालिकोट, २८ भदौ । कालिकोट जिल्लामा मोबाइलको ब्याट्री चार्ज गर्ने क्रममा ब्याट्री पड्कन गइ दुई बालकको मृत्यु भएको छ ।

मेहलमुडी–२ जोगीबारा बस्ने पदमनाथ योगीका छोरा १४ वर्षीय चनेसनाथ योगी र सोही ठाउँ बस्ने हरिनाथ योगीका छोरा १३ वर्षीय माननाथ योगीको मोबाइल चार्ज गर्ने क्रममा सोलारको ब्याट्री पड्कन जाँदा शनिबार घटनास्थलमै मृत्यु भएको हो ।

मेहलमुडी–२ जोगीमारामा सकेट बमजस्तो देखिने बस्तु बिष्फोट हुँदा २ बालकको मृत्यु भएको भन्ने खवर प्राप्त भएपछि गएको प्रहरीले बुझ्दा पदमनाथ योगीको घरमा अन्य मानिस नभएको अवस्थामा १२ भोल्टको ब्याट्रीमा मोवाइल चार्ज गर्दा उक्त घटना भएको प्रहरी भनाइ छ ।

मोबाइल चार्ज गर्दा दुई बालकको मृत्यु भएको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।