२१ कार्तिक २०८३, शनिबार

विगतमा केही पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हावी भइरहेको छ : प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हावी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा दीपेन्द्र रोकाया र मोहन दास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक लोकार्पण गर्दै प्रचण्डले विगतका वर्षमा भएको सुशासन र विकासका क्षेत्रमा केही पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हावी भएको बताएका हुन् ।

उनले आफ्नो नेतृत्वको सरकारलाई भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्त गरिएको समेत उल्लेख गरे ।

वर्तमान सरकारको कार्यशैलिप्रति असन्तुष्ट व्यक्त गर्दै प्रचण्डले सरकारका कामकाज हेर्दा हिन्दी जासुसी फिल्म जस्तो देखिएको तर्क गरे । सरकारले हुँदै नहुने विचित्रको काम देखाउन थालेको उनले बताए ।

प्रचण्डले सुशासनका विरुद्ध लड्दा आफूहरुलाई अपदस्थ गरेकै कारण अहिले देश दुर्घटनामा गएको धारणा राखे । उनले कर्णालीको विकासका लागि आफूले विगतदेखि नै काम गरेको र शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निकै प्रगति भएको बताए ।