काठमाडौँ, २७ भदौ । भारत लगायतका छिमेकी देशहरुको चलखेल बढेपछि संविधानसभामा रहेका शीर्ष दलहरुले आइतबार राति नै संविधानको मस्यौदा तयार पारिसक्ने तयारी गरेका छन् ।
संविधानको मस्यौदा तयार पार्नका लागि प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीका नेताहरुले आइतबार राति अबेरसम्म काम गर्ने स्रोतले बताएको छ ।
भारत लगायतका छिमेकी देश र बाह्य शक्तिको दबाब बढ्दै गएकाले नेताहरु सक्दो छिटो संविधान तयार पारेर घोषणा गर्ने तयारीमा जुटेको नेकपा एमालेका एक शीर्ष नेताले बताए ।
सम्भवतः भदौ मसान्तभित्रै संविधान जारी गर्ने गरि गृहकार्य गरिएको ती नेताले बताए । उनका अनुसार, प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको यो रणनीति अनुसार नै दोस्रो वरियताका नेताहरु गृहकार्यमा जुटेका हुन् । आइतबार राति नसकिए सोमबार अबेरसम्म संविधान तयार भइसक्छ ।
भारतकै इशारामा मधेशी दलहरु वार्ताका लागि बाग्रेनिङ गरिरहेको तथा राष्ट्रपति डा. रामवरण यादवले समेत भारतीय इच्छा बमोजिम ‘सहमतिमै संविधान जारी गर्न’ भन्दै केही दिन पछाडि सार्न भनेपछि प्रमुख दलका नेताहरु सशंकित बनेका छन् ।













प्रतिक्रिया