२१ कार्तिक २०८३, शनिबार

नयाँ संविधानका तीन वटा धारा बहुमतले पारित, सोमबार ११ बजे अर्काे बैठक बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansadकाठमाडौं, २७ भदौ । संविधानसभामा मतदान प्रक्रिया सुरु भएको छ ।

७ बजेबाट सुरु भएको संविधानसभाको दोस्रो बैठकमा संविधानको विधेयक र त्यसमा परेको संशोधनमाथि मतदानको प्रक्रिया सुरु भएको संविधानसभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकले संविधानको तीन वटा धारालाई नेपालको संविधानको विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । बहुमतले संविधानको धारा नम्बर १,२ र ३ लाई पारित गरेको हो ।

संविधानको धारा १ र २ मा कुनै संशोधन नै परेको थिएन भने, धारा ३ मा कांग्रेस, एमाले र एमाओवादीले राखेको संशोधन बहुमतले पारित भएको छ ।

सभासद रामकुमार राई, विश्वेन्द्र पासवान र अनुराधा कोइरालाले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । सचिवालयका अनुसार आगामी असोज ४ गते संविधान घोषणा गर्ने कार्यतालिका रहेको छ । यसैबीच नयाँ संविधान जारी गर्नका लागि आइतबार साँझबाट मतदान शुरु गरेर संविधानसभाको बैठक सोमबार ११ बजेसम्का लागि स्थगित भएको छ ।