२१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीको भने- आउनुस् परिवर्तनलाई संरक्षण गर्दै विश्वमै उदाहरणीय संविधान बनाऔँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala– विमल योगी

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले अहिलेको परिवर्तनलाई संरक्षण गर्न नसके भविष्य अत्यन्तै अन्धकारयुक्त हुने बताउनुभएको छ । उहाँले संविधान निर्माणको विषयलाई उत्साहका साथ लिनुपर्ने बताउनुभयो ।

संविधानसभाको आजको बैठकमा संविधानको विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै कोइरालाले संविधान जारी गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले शान्तिको लागि एक मात्र बाटो भनेको वार्ता रहेको बताउनुभयो ।

आन्दोलनका क्रममा आफन्त गुमाएकाहरूप्रति समवेदना प्रकट गर्नुभएका प्रधानमन्त्री कोइरालाले घाइतेको उपचारको व्यवस्था गरिएको बताउनुभएको छ । उहाँले मृत्यु भएकाहरूका आफन्तलाई उचित क्षतिपूर्ति सरकारले दिने बताउनुभयो । उहाँले आफ्ना अधिकारका लागि गरिने आन्दोलनलाई शान्तिपूर्ण बनाउन आग्रह गर्नुभयो ।

मधेसी नेताहरूसँग छलफल भइरहेको बताउनुभएका कोइरालाले ठोस निर्णयमा पुग्न नसकेको बताउनुभयो । उहाँले वार्ता, सहमति र मेलमिलापले एक ढिक्का हुने पर्ने बताउनुभयो । कोइरालाले समावेशिता र सहभागिताप्रति प्रमुख तीन दलको साझा प्रतिवद्धता रहेको बताउनुभयो ।

उहाँले जनसंख्या र भौगोलिक आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय सबै नेताहरूको साझा प्रतिवद्धतामा आएको भन्दै त्यसलाई पनि मिलाइने बताउनुभयो ।

अन्तर्राष्ट्रियजगतले पनि संविधानसभा र प्रजातान्त्रिक पद्धतिबाट गर्ने कार्यलाई समर्थन गर्नेमा आफूले विश्वास लिएको कोइरालाले बताउनुभयो । उहाँले प्रजातान्त्रिक पद्धतिबाट बन्ने संविधानलाई समर्थन गर्ने अन्तर्राष्ट्रियजगतको आश्वासन आफूले पाएको बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले नेपाली सेना राष्ट्रिय रुपमा परिचालन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय ऐनअनुसार शान्ति सुरक्षा कायम गर्न सेना बाहिर आएको हो । यस विषयमा अन्तर्राष्ट्रियजगत र मानवअधिकारकर्मीहरूले पनि हेर्न सक्छन् ।’ शान्तिपूर्ण आन्दोलन गर्ने सबैलाई अधिकार रहने भन्दै प्रधानमन्त्री कोइरालाले सुरक्षाकर्मीको हत्या गर्ने विषय शान्तिपूर्ण हुनै नसक्ने उल्लेख गर्नुभयो ।