काठमाडौं, २७ भदौ । थारु र मधेसी नेताहरुसँग वार्ताका लागि दुई स्थगन गरिएको संविधानसभाको बैठक आइतबारदेखि सुरु भएको छ ।
आइतबार दिउँसो २ बजेबाट सुरु भएको बैठकमा शीर्ष नेताहरुले बोल्ने क्रम सुरु भएको छ । बैठक सुरु भएसँगै संविधान निर्माण प्रक्रिया पनि अगाडि बढेको छ ।
संविधान सभा सचिवालयका अनुसार आगामी असोज चार गते संविधान घोषणा गर्ने तयारीका साथ सभामुखले प्रक्रियालाई रफ्तारमा अगाडि बढाउने कार्यतालिका रहेको छ ।












प्रतिक्रिया