२८ आश्विन २०८३, बुधबार

ओबामाकी छोरी हलिउडमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malia-Obama

अमेरिकी राष्ट्रपति बाराक ओबामाको छोरी मालिया हलिउडमा अनुबन्धित भएकी छिन् ।

ओबामाकी जेठश्र छोरी मालियाले हलिउडकी नायिका हेले बेरीको साई–फाई सिरिजको आउने फिल्ममा प्रडक्सन असिस्टेन्टको रुपमा काम थालेकी हुन् ।

राष्ट्रपतिको छोरी भएपनि फिल्ममा काम गर्दा मालियाले अरु कर्मचारीहरुसँग निकै साधारण व्यवहार गर्ने गरेको बतााइएको छ । जसले गर्दा अरु कर्मचारीहरुलाई उनी अमेरिकी बाराक ओबामाकी छोरी हुन् भन्ने भान समेत हुँदैन ।

बाराक ओबामाकी श्रीमती, फस्र्ट लेडी मिसेल ओबामाले मालियालाई यो फिल्ममा अनुबन्धित गर्नका लागि सिबिएस स्टुडियोसँग भेटाएकी थिइन् ।

मालियाले आफूले अवसर पाएकोमा हाँस्दै भनिन्- ‘यो मेरो पहिलो काम हो । चुनौतीको रुपमा खडा भए पनि यो काम राम्रोसँग गर्न चाहन्छु ।’

मालिया आगामी ४ जुलाईमा १६ वर्ष पुग्दैछिन् ।