२१ कार्तिक २०८३, शनिबार

सर्लाहीमा सभासदले नै प्रहरीमाथि आक्रमण गरे, पाँच राउण्ड हवाइ फायरपछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jangilal-rayaसर्लाही, २६ भदौ । तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद जंगिलाल रायले सर्लाही पुगेर आफ्नै सुरक्षामा खटिने प्रहरीमाथि आक्रमण गरेका छन् ।

शनिबार दिउँसो रायले सर्लाहीको कविलासमा प्रहरी चौकीमा तोडफोड तथा आगजनी गरेका छन् ।

केही प्रहरीमाथि हातपात समेत गरेका छन् । आफूमाथि आक्रमण भएपछि प्रहरीले पाँच राउण्ड हवाइ फायर गरेर सभासदसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सभासद रायसहित विनय कर्ण, विजय राय र अनिश साथी छन् ।

सभासदको नेतृत्वमा मोर्चाका कार्यकर्ताले शनिबार अपराहृन प्रहरी चौकीमा तोडफोड गरी आगजनीको प्रयास गरेका थिए । त्यसपछि प्रहरीले पाँच राउण्ड हवाइ फायर गरेर सभासदसहित चार जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।