२१ कार्तिक २०८३, शनिबार

संविधानसभा स्थगनलाई लम्बाउन कांग्रेस नेताहरुको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congressकाठमाडौं, २६ भदौ । आन्दोलनरत मधेसी दलहरुसँगको वार्ताका लागि संविधानसभाको प्रक्रिया केही दिन लम्बाएर भएपनि अगाडि बढ्न प्रधानमन्त्री सुशील कोइरालासँग कांग्रेसका सभासद र नेताहरुले माग गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज धनुषाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने कांग्रेसका सभासदहरुले कोइरालालाई संविधानसभाको प्रक्रिया केही दिन अरु लम्बाउन आग्रह गरेका हुन् ।

उनीहरुले तराई मधेशका जिल्लाहरुमा आन्दोलन चर्किएको भन्दै केही दिन अरु संविधानसभा लम्बाउन आग्रह गरे ।

धनुषा जिल्लामा भएको हिंसात्मक प्रदर्शन र आन्दोलनका विषयमा छलफल गर्न पुगेका कांग्रेस सभासद र नेताहरुले यस्तो माग गरेका हुन् ।

प्रधानमन्त्रीसँग भेट गर्न कांग्रेस नेता विमलेन्द्र निधीको नेतृत्वमा आधा दर्जन सभासद र नेताहरु पुगेका थिए ।