२१ कार्तिक २०८३, शनिबार

राजधानीमा प्रचण्ड र गच्छदारबीच गोप्य भेटवार्ता, माओवादीको प्रस्ताव गच्छदारले मान्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Bijay-Gacchadarकाठमाडौं, २६ भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ ।

शनिबार विहान राजधानीमा भएको गोप्य भेटवार्तामा प्रचण्डले गच्छदारलाई संविधान निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । आफू थारु र मधेसीकै अधिकार लागि कांग्रेस एमालेलाई ‘कन्भिन्स’ गर्न लागिपरेको जानकारी गराउँदै प्रचण्डले वार्तामा आएर संविधानसभा फर्किन गच्छदारलाई विशेष आग्रह गरेका छन् ।

आफ्नो माग पूरा गर्ने वचन प्रचण्डले दिएपछि गच्छदारले वार्तामा बस्ने एमाओवादीको प्रस्ताव मान्ने संकेत दिएका छन् । भेटवार्तामा गच्छदारले थारु र मधेसीको माग सम्बोधन भए आजैदेखि संविधानसभामा फर्किने प्रतिक्रिया प्रचण्डलाई दिएको स्रोतले जनाएको छ ।

पश्चिम तराईमा थारुवान थरुहट प्रदेशको सम्बोधन हुनुपर्ने गच्छदारको माग छ । प्रचण्ड गच्छदारबीच करिब एक घण्टा वार्ता भएको थियो ।