काठमाडौं, २६ भदौ । राजधानीमा शुक्ररबार रातिदेखि परेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।
वर्षाका कारण राजधानीका सडक तथा गल्लीमा हिँडडुल गर्न समस्या भएको छ । वर्षा आज दिनभरि हुनेछ । मौसम सफा हुन १–२ दुई लाग्ने जनाइएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य तथा पूर्व नेपालका विभिन्न भागमा भारि वर्षा हुन सक्नेछ ।
बिहान पाँच बजेर ४५ मिनटमा रेकर्ड गरिएको तथ्याङ्कअनुसार राजधानीको तापक्रम २० डिग्रिसेन्डिग्रेड रहेको महाशाखाले जनाएको छ ।
पछिल्लो २४ घण्टाको जानकारीअनुसार काठमाडौं, बारा र पोखरामा वर्षा भएको छ । ती क्षेत्रका आसपासमा पनि वर्षा भएको महाशाखाको सूचनामा उल्लेख छ ।
महाशाखाले आफ्नो वेवसाइटमा शनिबार बिहान साढे नौ बजेसम्म राखेको तथ्याङ्कअनुसार डडेलधुरामा ६, धनगढीमा ०.३, विराटनगरमा २, नेपालगञ्जमा ०.३, जुम्लामा १८.०, दाङमा ३८, पोखरामा ५१, सिमरामा २३, काठमाडौंमा ५४, ओखलढुङ्गामा ५९, ताप्लेजुङमा ८, धनकुटामा ३५ र विराटनगरमा ७५ मिलिमिटर वर्षा भएको छ ।












प्रतिक्रिया