२१ कार्तिक २०८३, शनिबार

बाबुरामले बिहानै क कसलाई फोन गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai-Jiकाठमाडौं, २६ भदौ । एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले सहमतिको प्रयासस्वरुप बिभिन्न दलका नेता र अधिकारकर्मीहरूसँग परामर्श गर्नुभएको छ ।

भट्टराईले आज (शनिबार) आधा दर्जन नेताहरूलाई टेलिफोनमा समपर्क गरी वार्ताबाट थारु र मधेशी तथा अन्य आन्दोलनकारीहरूको मागलाई सम्बोधन गर्नुपर्ने जनाउनुभएको हो ।

उहाँले त्यसका लागि प्रमुख दलका नेताहरूले गरेको प्रयासलाई पनि सार्थकता दिनुपर्ने बताउनुभएको भट्टराईको निजी सचिवालयले जनाएको छ । भट्टराईले आन्दोलनरत समूह र दलका मागलाई सम्बोधन गरेर सहमतिमा संविधान जारी गर्नुपर्ने उल्लेख गरेको बताइएको छ ।

एकीकृत माओवादीका नेता भट्टराईले मधेशी जनअिधकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता शवेन्द्रनाथ शुक्ला, कांग्रेसका नेता तथा वनमन्त्री महेश आचार्य, एमालेका नेताद्वय सुरेन्द्र पाण्डे र विष्णु पौडेलसँग टेलिफोनमा वार्ता गर्नुभएको छ ।

भट्टराईले अधिकारकर्मी दमननाथ ढुङ्गानासँग पनि टेलिफोनवार्ता गरेको सचिवालयद्वारा जानकारी दिइएको छ ।

दुई दिन संविधनसभाको प्रक्रिया स्थगित गरेका प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीले आइतबार एघार बजेसम्म वार्ता र सम्वादलाई जारी राख्ने जनाएका छन् ।