काठमाडौँ, ६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुधीर बस्नेतमाथि छानवीन गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग निर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।
कोहिनुर हिल हाउजिङग प्रालिका संचालक बस्नेतमाथि सर्वसाधारण र बैंक तथा वित्तिय संस्थाको ठूलो रकम अपचलन गरेको आरोप लाग्दै आएको छ । अख्तियारमा परेको उजुरीको आधारमा भएको अनुसन्धानकै आधारमा अख्तियारले त्यसको अनुुसन्धान गर्न नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडललाई पत्र लेखेर पठाउने निर्णय गरेको हो ।
जग्गा र घरका लागि रकम बुकिङ्ग गर्ने सर्वसाधारण, सहकारीका वचतकर्ताहरु एवं बैंक तथा वित्तीय संस्थाहरुको रकम सुरक्षित गर्नका लागि बस्नेतको सम्पूर्ण सम्पत्तिहरुको समुच्चा व्यवस्थापन गरी समस्या समाधान गर्न सक्ने अधिकार आयोगलाई हुनुपर्ने समेत अख्तिायारले भनेको छ।
घर जग्गाका लागि गरेको बैंक तथा वित्तीय संस्थाको लगानी जोखिममा पर्नुका साथै सो परियोजनाका बुकिङ्ग वापत रकम दिएका सर्वसाधरणको ठूलो रकम समेत जोखिममा परेको पनि आयोगको विज्ञप्तिमा भनिएको छ।














प्रतिक्रिया