२१ कार्तिक २०८३, शनिबार

भारतीय राजदूतले रेले प्रचण्डलाई पनि भेटे, संविधान निर्माण प्रक्रिया रोक्न प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-ranjit-ray-kp-oliकाठमाडौँ, २५ भदौ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच दाहाल निवास लाजिम्पाटमा आज भेटवार्ता भएको छ ।

भेटवार्तामा संविधान लेखन प्रक्रिया र यसमा राजनीतिक दलहरुले निभाउँदै आएको भूमिकाका विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा अध्यक्ष दाहालले सबै पक्षको सहमतिमा छिटोभन्दा छिटो संविधान जारी गर्न प्रमुख राजनीतिक दल क्रियाशील रहेको बताउनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।

सङ्घीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा विभिन्न समुदायले प्रकट गरिरहेको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयत्न जारी राखिएको समेत अध्यक्ष दाहालले बताउनुभएको थियो ।

राजदूत रायले छिटोभन्दा छिटो संविधान जारी होस् भन्ने पक्षमा भारत रहेको जानकारी दिँदै असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन अधिकतम प्रयत्न गर्न अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो । रासस