२१ कार्तिक २०८३, शनिबार

विदेशीको इशारामा मधेस आन्दोलन: नेता नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradip-Nepal-umlकाठमाडौँ, २५ भदौ । नेकपा (एमाले) का नेता तथा साहित्यकार प्रदीप नेपालले संविधान निर्माणका क्रममा वैदेशिक हस्तक्षेप बढेको टिप्पणी गर्नुभएको छ ।

साहित्यकार सुमन सौरभको चौथो कृति ‘मृत्युसङ्ग्रह’ माथि लघुकथा समाजले आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता नेपालले संविधान बनेमा नेपाल स्थिरतामा जान्छ भनी चिन्ता गर्ने मुलुकले सकेसम्म संविधान नबनोस् भन्ने चाहेको बताउनुभयो । उहाँले भन्नुभयो – “मधेसी दलको मागका आधारमा मधेसका जिल्लाको एक प्रदेश बन्ने तय भइसकेको छ तर पनि आन्दोलन जारी छ, थारुहरुले अधिकार माग्नु स्वाभाविक हो तर मधेसी दलको आन्दोलनको कार्यसूची के हो ? भन्ने मैले बुझेको छैन ।’’

उहाँले लेखकले राष्ट्रियताको संरक्षण र पुँजीवादी विकृत अपसंस्कृतिबारे कलम चलाउनुपर्नेमा जोड दिँदै त्यसका लागि लघुकथा पनि सशक्त विधा हुन सक्ने धारणा राख्नु भयो । रासस