काठमाडौं, २५ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय नेताहरु तथा विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले संविधान निर्माण प्रक्रिया रोक्न सरकारसँग माग गरेको छ ।
शुक्रबार राजधानी काठमाडौंमा बसेको कांग्रेस केन्द्रीय सदस्यहरु तथा नेविसंघका महामन्त्रीहरुको बैठकले तत्काल वार्ताको वातावरण बनाएर असन्तुष्ट पक्षलाई संविधान निर्माण प्रक्रियामा समावेश गर्न पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालासँग माग गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पूर्व अध्यक्ष र महामन्त्रीको बैठकबाट प्रक्रियालाई लम्ब्याएर भएर वार्ताको वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।
संविधानसभाको निर्वाचनको समयमा पार्टीले जनतासामू गरेको प्रतिबद्धता अनुसार प्रक्रिया लम्बयाएर भएपनि वार्ता गर्ने वार्ताबाट अधिकतम सहमतिसहितको संविधान निर्माण गर्न माग गरिएको हो ।
बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका महामन्त्रीहरुले प्रधानमन्त्रीलाई कोइरालाई भेटेका छन् । भेटमा प्रधानमन्त्रीलाई प्रक्रिया लम्ब्याएर अधिकतम सहमतिमा संविधान जारी गर्न ध्यानाकर्षण गराइएको छ ।
बालुवाटारमा रहेका नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेलले भने-छिटो संविधान जारी गनुपर्छ । तर, विभिन्न ठाउँमा भइरहेको आन्दोलनले उठाएको मुद्धा सम्बोधनका लागि वार्ताको वातावरण बनाउन पार्टी नेतृत्वलाई आग्रह पनि गरेका छौं ।’












प्रतिक्रिया