२१ कार्तिक २०८३, शनिबार

एमाले अध्यक्ष ओलीलाई भारतीय राजदूत रेले बालकोटमा राखे यस्तो प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-ray
फाइल फोटो

काठमाडौं, २५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रञ्जित रेबीच आज विहान बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ ।

भेटपछि एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भारतीय राजदूत रेसँगको भेटमा सहमतिमा संविधान जारी गर्ने विषयमा कुराकानी भएको बताउनुभयो । उहाँले भन्नुभयो-‘सबैको सहमतिमा संविधान जारी होस् भन्ने चाहना उहाँले व्यक्त गर्नुभयो र मलाई त्यो वातावरण बनाउन सुझाव दिनुभएको छ ।’

भेटपछि राजदूत रेले सहमतिमा संविधान जारी गरेर जानुपर्ने धारणा राख्नुभयो । उहाँले ओलीसँगको भेटमा संविधान निर्माण प्रक्रियालाई केही दिन रोकेर मधेसीका माग सम्बोधन गर्ने विषयमा छलफल तथा सुझाव दिएको बताउनुभयो ।

संविधान जारी गर्न ढिलाइ गर्न नहुने र तराईको आन्दोलनलाई मत्थर बनाएर जानुपर्ने विषयमा भेटवार्तामा कुराकानी भएको थियो ।