२१ कार्तिक २०८३, शनिबार

संविधानसभाको बैठकमा आजदेखि संविधानको धारा पारित गर्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bicc Sambidha Savaकाठमाडौं, २५ भदौ । संविधानको विधेयकमाथिको संशोधनप्रस्तावमाथिको छलफल सक्किएपछि आजदेखि मतदान प्रक्रिया सुरु हुँदैछ ।

संविधानसभाको आजको बैठकमा दफावार छलफल सक्किएपछि संविधानको धाराहरूलाई निर्णयार्थ पेश गर्ने तयारी गरिएको बुझिएको छ ।

संविधानसभाको बैठकमा बोल्न बाँकी आधा दर्जन सभासदहरूले बोल्ने क्रम सक्किएपछि संविधानको विधेयकका धारणहरू पारित गर्न बैठकमा पेश गरिनेछ ।

धाराहरू पारित गरिँदा ध्वनीमतको प्रक्रियाबाट अगाडि बढाइनेछ । कांग्रेस, एमाले र एकीकृत माओवादीले संयुक्त रुपमा राखेका संशोधन प्रस्ताव मात्रै पारित हुने देखिएको छ ।

अन्य सभासद र दलहरूले राखेका संशोधन प्रस्ताव विफल हुने पक्का छ । संविधानसभा बैठक स्थगित नभए वा कुनै बाधाव्यवधा नआए संविधानका धाराहरू दुई दिनमा पारित हुनेछन् ।