काठमाडौं, २५ भदौ । संविधान निर्माण, आन्दोलनरतपक्षलाई वार्तामा ल्याउने लगायतका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संविधान निर्माणका क्रममा देखिएका असन्तुष्टि र आन्दोलनरतपक्षसँगको वार्ता प्रक्रियाका विषयमा छलफल हुनेछ ।
बैठकमा चार दलीय शीर्ष कार्यदलबाट बाहिरिएको विजय गच्छदारको फोरम लोकतान्त्रिकलाई पनि फिर्ता ल्याउने विषयमा छलफल हुनेछ ।
कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूले सिमाङ्कनलाई लिएर भएको असन्तुष्टिका विषयमा भएका आन्दोलनलाई सम्बोधन गर्न यसअघि नै वार्ताका लागि आह्वान गरिसकेका छन् ।
उनीहरूले राप्रपा नेपाललाई पनि वार्ताका लागि पत्र पठाइ सकेका छन् । राप्रपा नेपालले संविधान निर्माण प्रक्रियाबाट आफूलाई बाहिर गराएको थियो । उसले संविधानसभा बहिष्कार गरेको थियो ।












प्रतिक्रिया