२१ कार्तिक २०८३, शनिबार

टीकापुर प्रहरी हत्याकाण्डः थरुहट आन्दोलनका कैलाली संयोजक पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lahuram-Chaudharyधनगढी, २४ भदौ । प्रहरीले टीकापुर घटनामा संलग्न भएको अभियोगमा थरुहट थारुवान संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरीलाई पक्राउ गरेको छ ।

प्रहरीका एसएसपीसहित मारिने गरी भएको हिंसात्मक घटनाको अनुसन्धानका लागि भन्दै विहीबार प्रहरीले चौधरीलाई धनगढी स्थित घरबाटै पक्राउ गरेको कैलालीका प्रहरी प्रमुख एसपी विक्रमबहादुर चन्दले जानकारी दिनुभयो । ‘

यसअघि बुधबार प्रहरीले फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुलाई भैरहवाबाट पक्राउ गरी कैलाली लगेर छानविन गरिरहेको छ ।

गत भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जना मारिएका थिए ।