२१ कार्तिक २०८३, शनिबार

थारु र मधेसी नेतालाई भीम रावलको सुझाव- ‘वार्तामा बसौं, त्यसैमा हामी सबैको भलो छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-rawalकाठमाडौं, २४ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले संविधान लेखन प्रक्रियामा लामो छलफल र अभ्यास गरिएको उल्लेख गर्दै जनताको भावनालाई आत्मसात् गरेर अब संविधान जारी गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।

विहीबार ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि संशोधन प्रस्ताव प्रस्तुतीको क्रम सकिएपछि दफावार छलफलमा भाग लिँदै यस्तो बताउनुभएको हो ।

कुनै पनि बहानामा संविधान निर्माण प्रक्रियालाई रोक्न नहुने र जारी गर्न ढिलाइ गर्न नहुनेमा जोड दिँदै समानुपतिक, समावेशी प्रणालीलाई संस्थागत गरिएकोले सबै वर्ग तथा क्षेत्रलाई अधिकार सम्पन्न बनाइएको संविधान निर्माण भएकोमा गौरव गर्नुपर्ने धारणा रावलले राख्नुभयो ।

जनताले दिएको जनादेशलाई सम्मान गर्दै वार्तामार्फत समस्याको समाधान गर्न असन्तुष्ट पक्षलाई आग्रह गर्दै रावलले हाल तयार भएको विधेयक साझा दस्तावेज भएकाले स्वीकार गर्न आग्रह गर्नुभयो ।