काठामडौं, २४ भदौ । विश्व प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रणेता, नेपाली कांग्रेसका संस्थापक एवं महामानव वी.पी. कोइरालालाई कांग्रेसले विशेष कार्यक्रम गरेर स्मरण गरेको छ ।
ललितपुरस्थित पार्टी मुख्यालय सानेपामा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधी, गोपालमान सिंह, महेश आचार्यसहितका दर्जन बढी केन्द्रीय नेताहरुले वीपीको योगदानको स्मरण गर्नुभएको हो ।
मञ्चमा राखिएको वीपी कोइरालाको तस्बिरमा नेताहरुले माल्यार्णापणसमेत गर्नुभएको थियो ।
कांग्रेसले वीपी कोइरालाको १ सय १औँ वी.पी. कोइरालाको जन्मजयन्ती मुलुकभर विभिन्न कार्यक्रम गरेर मनाइ रहेको छ ।
(तस्बिर सौजन्य नेविसंघका प्रवक्ता यूपी लामिछाने)






















प्रतिक्रिया