काठमाडौं, २४ भदौ । राष्ट्रपति डा.रामवरण यादवले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर मुलुकको पछिल्लो राजनीतिक अवास्थाका विषयमा परामर्श गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको छलफलमा संविधान निर्माणका क्रममा असन्तुष्ट समूह, दलको आन्दोलन र राजनीतिक अवस्थाका विषमया छलफल भएको बुझिएको छ ।
एमाओवादी अध्यक्ष दाहालका स्वकीय सचिव चुडामणि खड्काले भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान निमार्णका विषयमा छलफल भएको बताउनुभयो ।
तराई मधेशका जिल्लाहरुमा थारु र मधेसी दल तथा संघसंगठनहरुले आन्दोलन जारी राखेको तथा हिंसात्मक प्रदर्शन भइरहेका बेला राष्ट्रपति डा.यादवले एमाओवादी अध्यक्ष दाहालसँग परामर्श गर्नुभएको हो ।












प्रतिक्रिया