२१ कार्तिक २०८३, शनिबार

प्रमुख तीन दलको बैठकः वार्तामा नबसे पेलेर जाने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-uml-maoist1

काठमाडौँ, २३ भदौ ।काठमाडौँ, २३ भदौ । प्रमुख तीन शीर्ष दलले असन्तुष्ट दलहरुसँग वार्ताका लागि अन्तिम पहल गर्ने तर नमाने पेलेर जाने निर्णय गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालासहित काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको संविधानसभा भवन नयाँ बानेश्वरमा बुधबार साँझ बसेको बैठकले आन्दोलनरत पक्षसँग अन्तिम पटक वार्ताको पहल गर्ने निर्णय गरेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । नेता पौडेलले आन्दोलन जारी राखे कुनै पनि हालतमा संविधान निर्माण प्रक्रिया नरोकिने जानकारी दिए ।यो वार्ताका लागि अन्तिम अवसर भएको पौडेलको भनाइ थियो ।

बैठकपछि निस्कने क्रममा नेकपा एमालेका शीर्ष नेता माधवकुमार नेपालले वार्ता र संविधान निर्माण प्रक्रियालाई सँगसँगै अगाडि बढाउने विषयमा तीन दलबीच सहमति भएको जानकारी दिए । तराईमा भएको आन्दोलनलाई लोकतान्त्रिक आन्दोलन भन्न नसकिने बताउँदै नेता नेपालले हातहतियार देखाउने तथा सुरक्षाकर्मीमाथि आक्रमण गरिनुले अनेक शंका उब्जिएको बताए ।

एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशी–विदेशी, राष्ट्रिय वा बाहिर तत्वले दबाब दिए पनि संविधान निर्माण प्रक्रिया नरोकिने प्रष्ट पारे । ‘हामीले आठ बर्षदेखि वार्ता गरिरहेका छौँ । अहिले पनि जुनसुकै बेला वार्ता गर्न तयार छौँ, वार्ताको टेबुलबाटै समाधान खोज्नुपर्छ । तर वार्तामा नआए पनि संविधान निर्माण रोकिन्न । ’– खनालको प्रतिक्रिया थियो ।