२१ कार्तिक २०८३, शनिबार

साउदी अरबका कुटनीतिज्ञले दूतावासभित्रै नेपाली आमाछोरीको बलात्कार गरेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Women1काठमाडौं, २३ भदौ । जागिरको खोजीमा भारतको गुडगाउँ पुगेका नेपाली आमाछोरीलाई साउदी अरबका एक कुटनीतिज्ञले बलात्कार गरेको खुलासा भएको छ । कुटनीतिज्ञको सामूहिक बलात्कारमा परेका भूकम्पपीडित आमाछोरीलाई भारतको एक एनजीओ पहलमा प्रहरीले सोमबार उद्दार गरेको छ ।

पीडित आमाछोरीलाई रोजगारीको प्रलोभन देखाई दिल्ली हुँदै साउदी अरब दूतावास लगिएको थियो । जहाँ उनीहरुसँग कुटनीतिज्ञसहित कैयौ मानिसले जबरजस्ती शारीरिक सम्पर्क राखेका थिए । आमाछोरीको उजुरीपछि प्रहरीले तीन जनाविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता गरेको छ । तर, कुनै अभियुक्तलाई पक्राउ गरिएको छैन् ।

घटनाको छानविन भइरहेको दिल्ली प्रहरीले जनाएको छ । यसैबीच नेपाली राजदूतावासले पनि घटनाको बारेमा जानकारी लिएको छ । नेपाली राजदूत दीपकुमार उपाध्यायले पीडित आमाछोरीलाई नेपाल फर्काउन पहल भइरहेको बताए । साथै घटनाको थप अनुसन्धानका लागि दिल्ली प्रहरीलाई आग्रह गरेको उनले बताए ।