२१ कार्तिक २०८३, शनिबार

हिन्दुराष्ट्रका विरोधीहरुलाई गाउँगाउँबाट बहिस्कार गर्न आह्वान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KAMALnayan-acharya-Hinduकाठमाडौ, २३ भदौ । हिन्दु राष्ट्र रक्षा महाअभियानका अध्यक्ष स्वामी कमलनयनाचार्यले धर्म निरपेक्षताको पक्षमा वकालत गर्नेहरुलाई गाँउगाँउबाट बहिस्कार गर्न आब्हान गर्नुभएको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘धर्म निरपेक्षताको वकालतलाई चिनेर राखौँ उनीहरुलाई पूण्यकर्ममा बहिस्कारगरौँ, गाँउगाँउमा प्रवेश निषेध गरौँ । त्यस्ता नेता र दलहरुको पक्षमा मतदान नगरौँ ।’

कमलनयनाचार्यले सबै ओमकार परिवारलाई हिन्दुराष्ट्रको अभियानमा एक जुट हुन आब्हान गर्नुभयो । उहाँले बुट र बन्दुक पडकाएर धर्मनिरपेक्षतासहितको संविधान जारी गरे त्यसलाई बाहिस्कार गर्न आब्हान गर्नुभयो ।

उहाँले हिन्दुराष्ट्रविनाको संविधानजारी गरे त्यो कागजको खोस्टोमात्रै हुने भन्दै यस्तै अवस्था कायमरहे मुलुकमा धर्मयुद्ध हुने सम्भावना ब्यक्त गर्नुभयो ।

हिन्दुराष्ट्र कायम हुनुपर्ने मागसहित खुल्ला मञ्चमा आमरण अनसनमा बसेका युवाहरुले ज्यान गुमाउनु परे सरकारले नराम्रो अवस्था बेहोर्नुपर्ने चेतावनी दिँदै दमन गरेर धर्म निरपेक्षता लाद्न खोजे त्यसको परिणाम राम्रो नहुने बताउनुभयो ।
कमलनयनाचार्यले भन्नुभयो, ‘संघीयता र जातीयता लाद्ने चार दलले धर्मनिरपेक्षतामा कसरी सहमति गरे । जनताले यसको हिसाव खोज्ने छन् ।’

उहाँले भावी आन्दोलनको कार्यक्रम पनि घोषणा गर्नुभएको छ । घोषित आन्दोलनको कार्यक्रममा भदौ २५ गते तिनकुनेमा धर्मसभा गर्ने, भदौ २६ गते खुलामञ्चमा आमसभा गर्ने, असोज ९ गते देशविदेशका धर्मगुरुलाई बोलाएर धर्म जागरण विराट धर्म सभा गरिनेछ ।

कांग्रेसकी सभासद गीता वाग्लेले मुलुकमा डरलाग्दो परिस्थितिको सृजना गर्न लागेको भन्दै सबै हिन्दुहरु सडकमा आउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । संविधानसभामा धेरै स्वार्थहरु भएको भन्दै आफूहरुलाई साथ दिन उहाँले आब्हान गर्नुभयो ।