२१ कार्तिक २०८३, शनिबार

सरकारले तराई-मधेसमा आतंक मच्चायो, अब कुनै हालतमा वार्ता हुँदैन् : महन्थ ठाकुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahanta-takur– नरेश केसी
भैरहवा, २३ भदौ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले तराई मधेस क्षेत्रमा आतंक मच्चाएको आरोप लगाएका छन् ।

तमलोपाले आज बुधवार विहान भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै अध्यक्ष ठाकुरले राज्यले तराईका जिल्ला र क्षेत्रलाई निषेधित क्षेत्र घोषणगरी प्रहरी प्रशासन मात्रै होइन नेपाली सेना समेतको प्रयोग गरी जनता त्रसाउने काम गरेको बताए । अध्यक्ष ठाकुरले भने–‘राज्यले गुण्डा आतंक मच्चाएको छ । तराईका जनताहरु शान्तिपुर्ण रुपमा हिँडडुल गर्न बस्न पाएका छैनन् ।’

अध्यक्ष ठाकुरले सरकारले विगतमा गरिएको ८ बूदें सम्झौता कार्यान्वयन नगरेसम्म वार्ता गर्नुको औचित्य नभएको जनाए । अध्यक्ष ठाकुरले काठमाडौंमा एमाओवादी अध्यक्ष प्रचण्डसंग वर्तमान अवस्थाको बारेमा छलफल भएको जनाउँदै प्रचण्डले सरकार र दलसंग आफूहरुको कुरा लैजाने बताएको जनाए ।

सो अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले सरकारले निरंकुशता लादिरहेको तर्क गर्दै सुरक्षाको अन्तिम संयन्त्र सेनालाई परिचालन गर्नु ठीक नभएको जनाए ।

पार्टीका महामन्त्रि तथा प्रवक्ता शवेन्द्रनाथ शुक्लाले आन्दोलन सफलतातर्फ उन्मूख भएको दाबी गर्दै सफलताको प्रतिकको रुपमा सबै दल समुह आन्दोलनमा सहभागी भईरहकेो तर्क गरे ।